चितवन, २४ असार– चितवनको राप्ती नगरपालिका–५ मा बसको ठक्करबाट दुईजना पैदलयात्रुको मृत्यु भएको छ । बिहान राप्ती नगरपालिका–५ भण्डारा चोकमा काठमाडौंबाट विरगंजको लागि छुटेको ना ६ ख ९०११ नम्बरको बसले बाटो काटिरहेका पैदल यात्रुलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा मृत्यु हुनेमा राप्ती नगरपालिका–५ का ५० वर्षीया माइला तामाङ र राप्ती नगरपालिका–११ की ४० वर्षीया फूलमाया लोप्चन रहेका छन् ।
ठक्करबाट गम्भीर घाइते भएका दुवै जनाको भरतपुरमा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

