बसको टक्करबाट स्कुटरमा सवार दुई जनाको मृत्यु

चितवन,२२ मंसिर–  चितवनको रत्ननगरमा बसको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको ना ५ ख ३१६६ नम्बरको बसले सोही दिशातर्फ जाँदै गरेको ना ४० प ९९१० नंको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

गए राति रत्ननगरको टिकौलीमा भएको उक्त दुर्घटनामा परी मृत्यु हुनेमा भरतपुर महानगरपालिका–६ का २६ वर्षीय शंकर भण्डारी रहेको प्रहरीले जनाएको छ । अर्का एकजनाको भने सनाखत हुन सकेको छैन ।

उनीहरुको राति नै उपचारका लागि चितवन मेडिकल कलेज लगिएकामा तत्कालै चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here