बलात्कार र हत्याजस्ता गम्भीर प्रकृतिका मुद्दालाई द्रुतगतिमा टुङ्ग्याउन महान्यायाधिवक्ताकाे निर्देशन

काठमाडौँ, २४ असोजः महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले गम्भीर प्रकृतिका कसुरमा पीडित पक्षलाई चाँडो न्याय दिलाउन अाग्रह गर्नुभएकाे छ ।

महान्यायाधिवक्ता कार्यालयले नयाँ भवनको शिलान्यास गर्नुहुदै उहाँले  बलात्कार र हत्याजस्ता गम्भीर प्रकृतिका मुद्दालाई द्रुतगतिमा टुङ्ग्याउने गरी काम अगाडि बढाइएको बताउनुभयो ।

गम्भीर प्रकृतिका मुद्दामा जतिबेला पनि अभियुक्त, जाहेरीवाला र विशेषज्ञलाई अदालतमा उपस्थित गराएर समयमै मुद्दा टुङ्ग्याउन देशभरका सरकारी कार्यालयलाई निर्देशन दिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयाेः दु्रतगतिमा फैसला गर्न भनेका छौँ,”। उहाँले नयाँ मुलुकी संहितामा समेटिएका नयाँ विषयवस्तुबारे कर्मचारीलाई तालीम दिइने जानकारी दिनुभयो ।
नायब महान्यायाधिवक्ता खगराज पौडेलले नयाँ भवन बनेसँगै न्याय सम्पादनमा सहयोग पुग्ने बताउनुभयो । नेपाल बार एशोसिएशनका अध्यक्ष शेरबहादुर केसीले महान्यायाधिवक्ताको कार्यालय र बार मिलेर न्यायप्रणालीमा सुधार गर्नुपर्ने बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here