बलात्कारको आरोपमा एकजना पक्राउ

बाजुरा, ११ फागुन। बलात्कार गरेको आरोपमा त्रिवेणी नगरपालिका–८ कालापनीका ५८ वर्षीय राम गिरीलाई प्रहरीले हिजो पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार ४५ वर्षीया शारीरिक तथा मानसिक अवस्था कमजोर भएकी राम्रोसँग बोल्नसमेत नसक्ने महिलालाई बलात्कार गरेको आरोपमा गिरीलाई पक्राउ गरिएको हो ।

बिहीबार पीडित महिला जङ्गलमा दाउरा, घाँस गर्न गएको समयमा अभियुक्त गिरीले मदिरा सेवन गरेर बलात्कार गर्न खोजेको र नजिकै आफन्तले होहल्ला गरे पनि नसुनेझैँ गरेको बताइएको छ ।

महिलाका आफन्तले दिएको उजुरीको आधारमा बलात्कारी गिरीलाई पक्राउ गरी शुक्रबार सार्वजनिक गरिएको प्रहरी नायव निरीक्षक लोकेन्द्रसिंह गुरुङले जानकारी दिनुभयो । पक्राउ परेका गिरीलाई अहिले हिरासतमा राखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here