बम पड्कदा भोजपुरमा एमाले कार्यकर्ता गम्भीर घाइते

भोजपुर,२ मंसिर । अज्ञात समुहले राखेको बम पड्कदा भोजपुरमा एमाले कार्यकर्ता गम्भीर घाइते भएका छन् । युवा संघ नेपाल भोजपुरका सचिवालय सदस्य तथा टेम्केकैयुङ गाउँपालिका कोट गाउापार्टी सचिव ३३ बर्षीय विक्रम राई बम पड्कदा गम्भीर घाइते भएका छन् ।

षडानन्द नगरपालिका दिङलाबाट चुनावीसभा सकेर मोटर साइकलमा सदरमुकाम भोजपुर आउादै गर्दा षडानन्द–८ भिरथाप्लामा राखिएको बम पड्किएको प्रहरीले जनाएको छ । बमले लागेर एमाले कार्यकर्ता राईको टाउकोमा गम्भीर चोट लागेको छ ।

बम प्रहारबाट घाइते भएका राई अचेत अवस्थामा रहेको र उपचारका लागि हेलिकप्टरबाट काठमाडौं ल्याउने तयारी भइरहेको जिल्ला पार्टी कार्यालयका सचिव शरणकुमार राईले जानकारी दिनुभयो । घटनाका बारे थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरिक्षक  गीतनारायण चौधरीले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here