बढेको इन्धनको मूल्य फिर्ता

काठमाडौं,१६कार्तिक– नेपाल आयल निगमले इन्धनको मूल्य बढाउने निर्णय फिर्ता लिएको छ । आयल निगमको आज बिहान बसेको सञ्चालक समितिको बैठकले मूल्य बढाउने निर्णय फिर्ता गरेको हो ।
इन्धनको मूल्य बढाउने भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले मूल्यवृद्धि फिर्ता गर्न निर्देशन दिएपछि निगमले मुल्य बढाउने निर्णय फिर्ता गरेको बताइएको छ ।
निगमले पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ, खाना पकाउने ग्यासको नयाँ मूल्य प्रतिसिलिन्डर २५ रुपैयाँ, डिजेलमा एक रुपैयाँ ५० पैसा बढाउने निर्णय गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here