काठमाडौं, २६ साउन– उपप्र्रधानमन्त्री एवम् संघीय मामिला तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छदारले बजेटको अभावमा सडक व्यवस्थापनको काम सम्पन्न गर्न नसकिएको बताउनुभएको छ ।
सडक बोर्डलाई आवश्यक स्रोतको व्यवस्था नगरी जनताको चाहना अनुसार सडक मर्मत, संहारको काम सम्पन्न गर्न नसकिने उहाले बताउनुभयो ।
आज काठामाडौंमा आयोजित‘दीगो सडक मर्मत, संहार र स्थानीय सरकार’ विषयक अन्तरक्रिया कार्यक्रममा मन्त्री गच्छदारले सडक बोर्डलाई अधिकार सम्पन्न निकाय बनाए मात्र सडक मर्मतको काम तीव्र गतिमा अघि बढ्ने बिश्वास ब्यक्त गर्नुभयो ।
उपप्रधानमन्त्री गच्छदारले सडकको दूरावस्थाकै कारण मानिसहरुको ज्यान जाने गरेको घटनाले सरकारलाई गम्भिर बनाएको बताउनुभयो ।

