बजारमा पाँचसय र एक हजारका नक्कली नोट भेटिन थाल्योः राष्ट्रबैंक

काठमाडौं, २७ जेठ– बजारमा नक्कली नोट भेटिन थालेको भन्दै सचेत हुन नेपाल राष्ट्र बैंकले आग्रह गरेको छ ।
देशका विभिन्न ठाउँमा पाँच सय र हजार रुपैयाँको नक्कली नोट भेटिएको भन्दै राष्ट्र बैंकले सचेत हुन आग्रह गरेको हो ।
बैंकले सार्वजनिक सूचना निकालेर नक्कली नोटको कारोबार गम्भीर अपराध र ठगी भएको भन्दै सुरक्षित र भरपर्दो वातावरणमा मात्र नगद कारोबार गर्न पनि अपिल गरेको छ ।
यस्तै नक्कली नोटसम्बन्धी कुनै पनि शंकास्पद गतिविधि देखिए तत्काल जिल्ला प्रशासन लगायत सुरक्षा निकायमा जानकारी गराउन पनि अनुरोध गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here