बच्चा जन्माउन विहे गर्नैपर्ने कानुनी व्यवस्था हट्दै,अब बिहे नगरी पनि बच्चा जन्माउन पाउने

काठमाडौं,२ जेठ । संसारभरका महिला अधिकारकर्मीले बर्षौदेखि उठाउँदै आएको मुद्धा हो, आफ्नो शरीर, आफ्नै हक । जुन यौन तथा प्रजनन हकमा विद्यमान पितृसत्ताको नियन्त्रणविरुद्ध कडा चुनौती हो । पश्चिमका धेरै मुलुकमा यही मुद्धामा उभिएर चलेको आन्दोलनले महिलालाई विवाह नगरे पनि बच्चा जन्माउन पाउने हक दिलाईसकेको छ । विवाह गरेर पनि आफ्नो ईच्छाविना यौनसम्पर्क राखे त्यसलाई बलात्कारै मान्ने काुनन् त नेपालमा पनि बनिसकेको छ ।

अब भने पश्चिममा मुलुकमा झैँ नेपालमा पनि बच्चा जन्माउन झैँ नेपालमा बच्चा जन्माउन विहे गर्नैपर्ने कानुनी व्यवस्था हट्ने भएको छ । संविधानको धारा ३८ मा व्यवस्था गरिएको महिलाको प्रजननसम्बन्धी हक प्रचलनमा ल्याउन बन्दै गरेको विधेयकको मस्यौदामा यस्तो व्यवस्था प्रस्ताव गरिएको हो । आजको कान्तिपुरमा यो खबर छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here