बङ्गलादेशका प्रधानमन्त्री हसिना भारत भ्रमणमा

एजेन्सी- बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिना भारतको चारदिने भ्रमणका क्रममा शुक्रबार नयाँ दिल्ली आइपुग्नुभएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उहाँका बङ्गलादेशी समकक्षी हसिनालाई नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभयो ।

हसिनाको चार दिन लामो भ्रमणमा दुई देशबीच सिभिल सम्झौतालगायत पारस्परिक हितका लागि अन्य कम्तिमा २५ साना ठूला सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम रहेको छ ।

भ्रमणका बेला बङ्गलादेशकी प्रधानमन्त्री हसिनाले उहाँका भारतीय समकक्षी मोदी, राष्ट्रपति प्रणव मुखर्जी, उपराष्ट्रपति मोहम्मद हमिद अन्सारीलगायतका उच्च अधिकारीसँग भेट्ने कार्यक्रम छ ।

हसिनाको भ्रमणको समय पारेर दुई देशले भारत र बङ्गलादेशका दुई प्रमुख सहर जोड्ने बस तथा रेल सेवाको पनि आरम्भ गर्नेसमेत बताइएको छ । पिटीआई

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here