फ्रान्स प्रस्थान गरे जापानका विदेशमन्त्री तारो कोनो

काठमाडौँ,२६पुस । नेपालको दुई दिने औपचारिक भ्रमण पूरा गरेर जापानका विदेशमन्त्री तारो कोनो आज फ्रान्सतर्फ प्रस्थान गरेका छन् । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको निमन्त्रणमा छोटो अवधिका लागि नेपाल भ्रमणमा आएका मन्त्री कोनो आजै फ्रान्सतर्फ लागेका हुन् ।

उनले आजै बिहान राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग बेग्लाबेग्लै शिष्टाचार भेटवार्ता गरेका थिए ।परराष्ट्रमन्त्रीद्वयको नेतृत्वमा हिजो भएको प्रतिनिधिमण्डलस्तरीय वार्तामा द्विपक्षीय सम्बन्धका सबै पक्षमा छलफल हुनका साथै पारस्परिक हित र चासोका विषयमा विचारविमर्श भएको थियो ।

वार्तामा २५ वर्ष पहिले नेपाल र जापानबीच भएको हवाई सेवा सम्झौता पुनरावलोकन गर्ने सहमतिका साथै नेपाल र जापानको परराष्ट्र मन्त्रालयबीच सहयोग प्रवद्र्धन गर्नेसम्बन्धी द्विपक्षीय परामर्श संयन्त्र निर्माण तथा नेपाली श्रमिकलाई जापानमा रोजगारीमा पठाउन दुवै मुलुकबीच सहमति भएको थियो ।

मन्त्री कोनोलाई नेपालका लागि जापानका राजदूत मासामिची साइगो र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाई गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here