फौजदारी अभियोग लागेका सांसदलाई उन्मुक्ति दिने प्रावधान विरोधमा नेमकिपा

काठमाडौं,२३ बैशाखःप्रतिनिधि सभामा एकमात्र सांसद रहेको नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले फौजदारी अभियोग लागेका सांसदलाई उन्मुक्ति दिने प्रावधानमा फरक मत राखेको छ ।

प्रतिनिधि सभा नियमावली मस्यौदा समितिमा नेमकिपा सांसद प्रेम सुवालले, ‘फौजदारी अभियोगमा थुनामा रहेको अवधिभर सदस्य स्वत: निलम्बन हुने’ प्रावधान राख्नुपर्ने लिखित मत पेस गरेका छन् ।
प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको आइतबार संसद्‌मा पेस भएको प्रतिवेदनमा फरक मत राख्दै सुवालले नियम १४२ (३) अनुसार फौजदारी अभियोग लागेका सांसदलाई उन्मुक्ति दिन नमिल्ने बताएका छन् ।
सुवालले महाअभियोगको कारबाही भएपछि त्यस्ता संवैधानिक निकायका प्रमुख तथा सदस्यहरु पनि स्वत: निलम्बन गर्नुपर्ने भन्दै फरक मत राखेका छन् । नियम १६१ (९) मा संवैधानिक महाअभियोग दर्ता भएपछि त्यस्तो कारबाहीको टुंगो नलागेसम्म आफ्नो पदनको कार्यसम्पादन गर्नबाटमात्रै रोक लगाएको छ ।
नेमकिपाले गणपूरक संख्या नपुगे पनि बैठक बस्ने प्रावधान हटाउनुपर्नेलगायत २६ विषयमा फरक मत राखेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here