फोहर बोक्ने गाडीले बालकलाई ठक्कर दिएपछि उपत्यकाको फोहर विर्सजनमा समस्या

काठमाडौं,२० चैत ।  टिप्परको ठक्करबाट मङ्गलबार एक बालकको ज्यान गएको र एक बालक गम्भीर घाइते भएको विरोधमा काठमाण्डौ उपत्यकाको फोहर विसर्जनमा नुवाकोट सिसडोलका स्थानीयवासीन्दाले अवरोध पुर्‍याएका छन् ।

काठमाण्डौबाट फोहर बोकेर आइरहेको टिप्परको ठक्करबाट मङ्गलबार नुवाकोटको ककनी गाउँपालिका–२ स्थित सिसडोलका १३ वर्षीय संजोक नेपालीको ज्यान गएको थियो भने १२ वर्षीय राजन नेपाली गम्भीर घाइते भएका थिए । यो घटनाको विरोधमा मङ्गलबार अपराह्नदेखि स्थानीयवासीन्दाले पुर्‍याएको अवरोध बुधबार पनि कायमै छ । उपत्यकाबाट फोहर बोकेर आएका करिब १०० बढी कन्टेनरलगायतका सवारी विरोधका कारण सडकमा नै रोकिएका छन् ।

फोहर बोकेर विसर्जन गर्न उपत्यकाबाट आएका गाडीलाई काठमाण्डौबाट नुवाकोट प्रवेश गर्ने सीमा तीनपिप्लेबाट आउन नदिएको ककनी गाउँपालिका–२ का वडाध्यक्ष केदार पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार दुर्घटनापश्चात काठमाण्डौ महानगरपालिकासँग पीडितपक्ष र सरोकारवाला सम्मिलित छलफलमा मृतक व्यक्तिका परिवारलाई उचित क्षतिपूर्ति, घाइते बालकलाई निःशुल्क उपचार र कक्षा १२ सम्म अध्ययनको व्यवस्था र दोषी चालकलाई कारवाहीको माग राखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here