फेल भएका अस्थायी शिक्षक फेरी आन्दोलनमा

काठमाडौं,२० चैत । आन्तरिक परीक्षामा फेल भएका अस्थायी शिक्षकहरुले काठमाडौमा फेरी प्रदर्शन गरेका छन् । आज पुनः आन्तरिक परीक्षाको माग गर्दै उनीहरुले प्रदर्शन गरेका हुन् । आन्दोलित शिक्षकहरुले उचित क्षतिपुर्ती सहितको विदाईको विल्कल्प अघि सारेका छन् । गोल्डेन ह्याण्डसेक नदिइ विस्थापित गर्न लागेको भन्दै सरकारको चर्काे आलोचना गरेका थिए । आन्दोलनमा उत्रिएका शिक्षकहरुले शिक्षा मन्त्रीको राजीनामा माग गर्दै विरोध स्वरुप माइतीघर मण्डलादेखि बानेश्वरसम्म र्याली निकालेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here