फुटवलर अञ्जन केसी फेरि पक्राउ

काठमाडौं,१५ जेठःइन्डियन प्रिमियर लिग आइपिल क्रिकेटको अनलाइन बेटिङ सट्टेबाजी गरेको आरोपमा प्रहरीले राष्ट्रिय फूटबल टोलीका पूर्व खेलाडी तथा प्रशिक्षक अन्जन केसीसहित ६ जनालाई पक्रेको छ ।

फुटबलमा म्याच फिक्सिङको आरोप लागेका केसीसहित गौरव तिवारी, दिनेश बोगटी, नगेन्द्र सुवाल, भुपेन्द्र कुवँर र विजय श्रेष्ठलाई राजधानीका विभिन्न स्थानबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसरका डीएसपी मोहनकुमार थापालले जानकारी दिनुभयो ।

सो समूहले विश्वका महत्वपूर्ण र लोकप्रिय खेलहरु क्रिकेट र फुटवलका म्याचको जितहार, गोल र रनका आधारमा अनलाईमार्फत जुवा खेलाउने गरेको प्रहरीले जनाएको छ । अन्जन यसअघि पनि फुटबलमा म्याच फिक्सिङ गरेको आरोपमा पक्राउ परी विशेष अदालतबाट धरौटीमा रिहा भएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here