फिलिपिन्समा २ सय ५१ मानिस रहेको डुंगा दुर्घटना

एजेन्सी– फिलिपिन्समा २ सय ५१ मानिस रहेको एउटा डुंगा दुर्घटना भएको छ । आज राजधानी मनिलाबाट ७० किलोमिटर पूर्वमा रहेको रियल सहर नजिकै दुर्घटना भएको अन्तराष्ट्रिय समाचार माध्ययमले जनाएका छन् । दुर्घटनाबाट भएको क्षतिको विवरण आइसकेको बताइएको छ ।

खराब मौसमका माभ पोलिलो टापुको किनारातिर जाँदै गरेको डुंगा पल्टेको स्थानीय अधिकारीलाई उदृत गर्दै एएफपीले जनाएको छ । उद्दारका लागि हेलिकप्टर र डुंगाहरु परिचालन गरिएको छ । ढुंगालाई २८६ जनासम्म मानिस बोक्ने अनुमति रहेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here