फिफा बरियतामा नेपाल एक स्थान माथि उक्लियो

काठमाडौं,२६ साउन– एक स्थान माथि उक्लिदैं नेपाल फिफा बरियताको १ सय ६९ औँ स्थानमा पुगेको छ ।
यो संगै यस पटकको वरियतामा जर्मनीलाई पछि पार्दै ब्राजिल विश्व वरियताको शीर्ष स्थानमा उक्लिएको छ ।

गएको महिना सार्वजनिक वरियतामा ब्राजिललाई पछि पार्दै जर्मनी पहिलो स्थानमा थियो । अजेन्टिना तेस्रो स्थानमा परेका छन् ।

विश्व वरियतामा ९७ औं स्थानमा रहेको भारत दक्षिण एसियामा पहिलो स्थानमा रहेको छ यसैगरि माल्दिभ्स १४२,अफगानिस्तान १५६ र भुटान १६५ औं स्थानमा रहेका छन् । यसैगरि बंगलादेश १८९,श्रीलंका १९७ र पाकिस्तान दुईसयौं स्थानमा रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here