फर्पिङमा बस दुर्घटना दुई जनाको मृत्यु,२२ जना घाइते

काठमाडौं,१५ चैतः दक्षिणकालीबाट काठमाडौं आउँदै गरेको बस फर्पिङमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
बा १ ख ९९९९ नम्बरको बस दुर्घटनामा गम्भीर घाइते भएका चारमध्ये दुईको मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी मोहनकुमार थापाले जानकारी दिनुभयो ।
मृत्यु हुनेहरुमा दक्षिणकाली नगरपालिका ५ का ४२ वर्षीय मञ्जु बस्नेत र सोही नगरपालिका ३ वस्ने २५ वर्षीय सुनील श्रेष्ठ रहेका छन् ।
दुर्घटनामा २२ जना घाइते भएका छन् । २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनीहरुको बल्खुस्थित बयोधा अस्पतालमा उपचार भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here