प्रोष्टेट परीक्षण गर्न विज्ञहरूकाे सुझाव

चितवन, १८ फागुन: समय समयमा प्रोष्टेट परीक्षण गर्न विज्ञहरूले सुझाव दिएका छन् । उमेर छिप्पिदै जाँदा पुरुषमा देखापर्ने यो रोग समयमै परीक्षण गर्न सके दीर्घकालीन समस्याबाट मुक्त हुन सकिन्छ । प्रोष्टेट पुरुषमा जन्मदेखि नै हुने अङ्ग हो । पिसाब नली र पिसाबथैलीको बीचमा प्रोष्टेट हुन्छ ।

उमेरअनुसार प्रोष्टेट बढ्दै जाने र एक्काइस।बाइस बर्षमा वर्षमा २१÷२२ ग्रामकै प्रोष्टेट हुने बताउँदै वरिष्ठ मूत्ररोग विशेषज्ञ (युरोलोजिष्ट) डा निर्मल लामिछानेले वर्षेनी एक दशमलव दुई ग्रामका दरले बढ्दै जाने र कपाल फुल्न थालेपछि यो ग्रन्थीको आकार ५०÷५५ ग्रामसम्म पुग्छ । अनि त्यसले केही समस्या दिने बताउनुभयो ।

यसको मुख्य लक्ष्यणमा पिसाब ननिख्रेजस्तो हुने, पिसाबको धारो काटिएर जाने, पिसाब गर्न पेटको बलले कनेर निकाल्नुपर्ने, रातको समयमा दुई चार पटक पिसाब फेर्न उठ्नुपर्ने, पिसाब लागेपछि रोक्न गाह्रो हुने, दिउँसोमा पनि धेरै पिसाब लाग्नेलगायत छन् ।

यसैगरी पिसाबमा सङ्क्रमण हुने, कहिलेकाहीँ पिसाब फर्केर मिर्गौलासम्म पुग्ने, कम्मर दुख्नेजस्ता समस्या पनि देखिने बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका उपनिर्देशकसमेत रहनुभएका डा लामिछानेले बताउनुभयो ।
प्रोष्टेट बढे नबढेकोको आफैँले छामेर पनि पत्ता लगाउन सकिने सकिन्छ भने पिसाबको परीक्षण गरेर, भिडियो एक्सरे गरेर, पिसाबको गति नापेर पनि यसको अवस्था पत्ता लगाउन सकिने उहाँको भनाइ थियो ।

प्रोष्टेटले पिसाब रोकेमा औषधिको माध्यमबाट नरम र सानो बनाउन सकिने र कतिपयमा औषधिले काम नगरेमा शल्यक्रिया गरेर ग्रन्थी हटाउनु पर्ने भएकाले यस्ता समस्या देखिए तत्कालै चिकित्सकसँग परामर्श गर्न डा लामिछानेले सुझाव दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here