प्रेस स्वतन्त्रतामाथि कालो बादल मडारिन थालेको हो ? (विज्ञप्ती सहित)

काठमाडौं,२९ बैशाख । सञ्चारमाध्यम सञ्चालकहरूको संस्था नेपाल मिडिया सोसाइटीले नेपाल मिडिया काउन्सिल विधेयकको विरोध गरेको छ। सोसाइटीका अध्यक्ष शुभशंकर कँडेलले आइतबार जारी गरेको विज्ञप्तिमा प्रेस स्वतन्त्रतामाथि कालो बादल मडारिन थालेकोले सचेत रहन भनिएको छ।

ुके यस्तै गणतन्त्र ल्याउन नेपाली मिडिया लडेका थिए रु यो कस्तो प्रेस स्वतन्त्रता हो राज्यको कार्यशैलीप्रति के पत्रकारले प्रश्न गर्न पनि पाउँदैन विज्ञप्तिमा भनिएको छ, सरकारका कतिपय गलत नीतिकै कारण आर्थिक रूपमा शिथिल हुँदै गए पनि नेपालका स्थापित मिडिया हाउस र क्रियाशील पत्रकारहरूले निरन्तर लोकतान्त्रिक मूल्यमान्यताका लागि सधैं संघर्ष गरिरहेका छन्।ु

प्रेस स्वतन्त्रताको पक्षमा हुने सबै प्रकारका आन्दोलन र संघर्षमा ऐक्यबद्धता र अगुवाइ गर्न समेत तयार रहेको सोसाइटीले स्पष्ट पारेको छ।

नेपाल मिडिया काउन्सिल विधेयक वैशाख २ गतेको मन्त्रिपरिषद् बैठकले संसद्‍मा पेश गर्न स्वीकृति दिइसकेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले प्रतिनिधिसभामा दर्ता गर्ने तयारी गरेको उक्त विधेयकका प्राबधानप्रति मिडिया सोसाइटीले आपत्ति जनाएको हो।

हेर्नुस्, विज्ञप्तिकाे पूर्वपाठ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here