प्रेसर कुकर बम विष्फोट

सर्लाही,१८ मंसिर–  सर्लाहीको कर्मैयामा आज बिहान प्रेसर कुकर बम विष्फोट भएको छ । कर्मैयाको पुतली चौकबाट करिव ५ किलोमिटर दक्षिण गोडारी खोला नजिक बाटो छेउमा बम विष्फोट भएको हो ।

बिहान ७ बजेतिर ठुलो आवाजमा बम विष्फोट हुनेबित्तिकै प्रहरी टोली घटनास्थलमा पुगेको थियो । घटनास्थल आसपास सानो प्रेसर कुकर र बम बनाउन प्रयोग हुने विद्युतीय उपकरणका टुक्रा छरिएको अवस्थामा भेटिएको प्रहरीले    जनाएको छ ।

विष्फोटबाट मानवीय क्षति भने नभएको ईलाका प्रहरी कार्यालय कर्मैयाले जनाएको छ । बम राख्ने व्यक्तिको खोजी भइरहेको सर्लाहीका प्रहरी प्रवक्ता एवं डिएसपी राजेश थापाले जानकारी दिनुभयो । यसैबीच सदरमुकाम मलंगवास्थित एक स्वतन्त्र उम्मेदवारको घरमा पनि बम विष्फोट भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here