काठमाडौँ, २८ माघ। समायोजन अध्यादेश गैरकानुनी भएको आरोप लगाउँदै सरकारी चिकित्सकहरु फेरी सडकमा उत्रेका छन्।
कर्मचारी समायोजन विधेकको विरोधमा शान्ती पुर्ण आन्दोलन गरिरहको बेला प्रहरीले हस्तक्षेप गरेको भन्दै उनीहरुले विरोध प्रदर्शन गरेका छन् ।
आइतबार विरोध र धर्नाका क्रममा प्रहरीले केही चिकित्सकहरुलाई नियन्त्रणमा लिएको थियो ।
उनीहरुले आज वीर अस्पतालबाट निकालेको विरोध र्याली माइतिघर पुगेको थियो । माइतिघरबाट प्रहरीले अघि बढ्न नदिएपछि स्वास्थ्य मन्त्रालयसम्म पुग्ने उनीहरुको योजना भने असफल भएको थियो ।
स्वास्थ्य सेवाका कर्मचारीलाई अन्य सेवा समूहमा पनि जान सक्ने गरी संघीय निजामती सेवा विधेयक तयार भएकोमा असन्तुष्ट बनेका सरकारी चिकित्सकहरु आन्दोलनरत छन् ।
स्वास्थ्य सेवाका कर्मचारी अन्य सेवा समूहमा पनि जान सक्ने गरी संघीय निजामती सेवा विधेयक तयार पारिएको छ । संसद सचिवालयमा दर्ता भइसकेको यो विधेयक प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित हुन भने बाँकी नै छ ।
संघीय संसदका दुवै सदनबाट पारित भएपछि विधेयकले ऐनको रुप लिँदै कार्यान्वयनमा जानेछ ।

