प्रहरीमा भुँडीले तनाव

काठमाडौं,२५ फागुन । नेपाल प्रहरीमा शारीरिक तन्दुरुस्तीको अभावका कारण सुरक्षा चुनौती थपिएको छ । प्रहरी जवानदेखि उच्च अधिकारीसम्मको भुँडी र तौल बढेको भन्दै शाारीरिक तन्दुरुस्ती कायम राख्नुपर्ने बहस प्रहरी संगठनभित्र तीव्र रूपमा चल्न थालेको छ ।
यसअघि समेत पटकपटक यो विषय प्रहरीभित्र उठ्ने गरेको थियो । यसका लागि विभिन्न समयमा विभिन्न अभियान सञ्चालन गरिए पनि त्यो प्रभावकारीे हुन सकेको देखिएन । यो तथ्यलाई प्रहरीले समेत स्वीकार गरेको छ ।

नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी उत्तमराज सुवेदीका अनुसार अन्य दुई सुरक्षा निकायको तुलनामा प्रहरी संगठनमा महŒवपूर्ण मानिने शाारीरिक तन्दुरुस्तीको अभाव देखिने गरेको छ ।

देशका विभिन्न भागमा सानासाना इकाइ तथा युनिटका रूपमा छरिएर रहेका प्रहरीका कारण संगठनमा यस्तो अवस्था निम्तिएको हो । ‘

शारीरिक तन्दुरुस्तीका लागि प्रहरीले निरन्तर अभियान चलाउँदै आएको प्रवक्ता सुवेदीको भनाइ छ । प्रहरीमा भर्ना छनोटका लागि आवश्यक शारीरिक मापदण्ड पूरा भएपश्चात् लिइने तालिम तथा सेवा लिने अवधिमा आवश्यकताबाहेकको अवस्थामा शारीरिक तन्दुरुस्तीको मापन गर्ने परीक्षा नेपाल प्रहरीमा छैन ।

नेपाली सेना तथा सशस्त्र प्रहरीमा भने प्रत्येक वर्ष अनिवार्य रूपमा शारीरिक परीक्षा उत्तीर्ण गर्नैपर्ने व्यवस्था छ । उत्तीर्ण नभएको अवस्थामा पुनः परीक्षा दिनुपर्ने तथा कारबाहीको भागीदार हुनुपर्ने व्यवस्था छ ।

तर, नेपाल प्रहरीमा भर्ना हुँदा र यूएन मिसनमा परीक्षा दिँदाबाहेक अन्य बेलामा शारीरिक तन्दुरुस्ती आवश्यक नपर्ने हुँदा कतिपय प्रहरीको भुँडी लागेर भद्दा शरीर भएको देखिन्छ । यसले समग्र सुरक्षा व्यवस्था र सुरक्षाकर्मीमाथि नै विभिन्न दृष्टिकोणबाट थुप्रै प्रश्न उठ्ने गर्छन् ।

नेपालमा तीन सुरक्षा निकायमध्ये देशको आन्तरिक सुरक्षाको जिम्मेवारी नेपाल प्रहरीको काँधमा छ । अपराध नियन्त्रण र जनधनको सुरक्षाको विशेष जिम्मेवारी प्रहरी संगठनको छ । नेपाल प्रहरीमा दर्जागत रूपमा ७२ हजार ७१९ दरबन्दी रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here