प्रहरीको गाडी र मालबाहक ट्रक ठोक्कीदा ९ प्रहरीसहित १२ जना घाइते

सिरहा, २४ असोज– पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजारमा प्रहरीको गाडी र मालबाहक ट्रक ठोक्किँदा ९ प्रहरीसहित १२ जना घाइते भएका छन् ।
इलाका प्रहरी कार्यालय लहानले जिल्ला अदालतबाट कैदीको म्याद थप गरेर फर्किने क्रममा पूर्वबाट पश्चिमका लागि छुटेको को १ क ११४४ नम्बरको मिनीट्रक र विपरीत दिशाबाट आएको बा १ ग २२१२ नम्बरको ट्रक ठोक्किँदा ट्रकमा रहेका नौ प्रहरी र तीनजना थुनुवा घाइते भएको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ ।
हिजो साझ भएको दुर्घटनाका घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइते प्रहरीमध्ये पाँचजनालाई थप उपचारका लागि विराटनगर पठाइएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक राजेन्द्रकुमार उपाध्यायले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here