प्रहरीकै कुटाइबाट दुई जना घाइते

बागलुङ, २ माघ । जिल्लाको गलकोट नगरपालिका–६ का सोम बस्नेत र कृष्ण खत्री प्रहरीको कुटपिटबाट घाइते भएका छन् । हटिया प्रहरी चौकीका जवान प्रेम विष्ट र बुद्ध थापाको कुटाइबाट बस्नेत र खत्री घाइते भएका हुन् ।

गम्भीर घाइते बस्नेतको पोखरास्थित फेवा सिटी अस्पतालका उपचार भइरहेको उहाँकी श्रीमती कृष्णकुमारीले बताउनु भयो । आइतबार राति गलकोट नगरपालिका–३ हटिया बजारस्थित प्रहरी चेकपोष्टअघि दुवै जनामाथी कुटपिट गरिएको हो । खत्रीको भने अवस्था सामान्य रहेको छ ।

कुटपिटमा संलग्न प्रहरी जवान विष्ट र थापालाई इलाका प्रहरी कार्यालय हरिचौर सरुवा गरिएको छ । घटनाबारे अनुसन्धान थालिएको र दोषी देखिए कारवाही गरिने प्रहरी निरीक्षक केशवसिंह थापाले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here