प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा आगलागी

कालिकोट,८ बैशाख । जिल्ला प्रशासन कार्यालय कालिकोटमा आगलागी भएको छ। प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीको कार्यकक्षमा लागेको आगो प्रहरी र स्थानीयवासीको सक्रियतामा आगो निभाइएको थियो।

आगो निभाउँदासम्म प्रजिअ कार्कीको कार्यकक्षमा रहेका ब्याट्री, बिजुलीको ब्याकअप, तार, तीन सोफा, हिटर, कार्पेट तथा अन्य फर्निचर जलेर नष्ट भइसकेका थिए।

जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख हरिबहादुर बस्नेतका अनुसार प्रजिअको कार्यकक्षमा विद्युत सर्ट भएर आगो लागेको हो। आगलागीबाट अनुमानित ९ लाख बराबरको क्षति भएको छ आगो बेलुका साढे ८ बजे लागेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here