प्रमुखदलको शक्ति दोस्रो चरणको निर्वाचनमा

काठमाडौं,१४ मंसिर– शीर्ष दलहरु मंसिर २१ गते हुने प्रदेश तथा प्रतिनिधिसभाको दोस्रो चरणको निर्वाचन प्रचारमा जुटेका छन् ।
पहिलो चरणको निर्वाचन सम्पन्न भएसंग दलहरु सम्पुर्ण राजनीतिक शक्ति लगाएर दोस्रो चरणको निर्वाचनमा केन्द्रीत भएका हुन् ।
२१ मंसिरमा हुने दोस्रो चरणको निर्वाचनअन्तर्गत ४५ जिल्लाका प्रतिनिधिसभातर्फ १ सय २८ र प्रदेशसभातर्फ २ सय ५६ सिटका लागि प्रतिस्पर्धा हुँदै छ ।

नेपाली कांग्रेस, कम्युनिस्ट गठवन्धन, राजपा लगाएतका दलहरु दोस्रो चरणमा निर्वाचन हुने जिल्लाहरुमा हुने सभा तथा घरदैलो कार्यक्रममा व्यस्त छन् ।
उम्मेदवारहरुलाई मतदाताको घरघरमा पु¥याउने रणनिति बनाएको कांग्रेसले चुनावी सभामा पार्टी सभापति लगाएतका शीर्ष नेताहरुलाई खटाएको छ ।
कम्युनिष्ठ गठवन्धनले एमाले अध्यक्ष केपी ओली लगाएत माओवादी केन्द्रका शीर्ष नेताहरु चुनावी सभामा व्यस्त छन् । दलहरुका शीर्ष तहका नेताहरु पनि उम्मेदवार बनेका कारण आफ्नो क्षेत्रहरुमापनि चुनावी प्रचारप्रसार जारी रहेको नेताहरुको भनाई छ ।
दोस्रो चरणको निर्वाचनका लागि कात्तिक १६ गते उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यक्रम तोकिएको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here