प्रधान न्यायाधीशका लागि सिफारिस जोशीको संसदीय सुनुवाई फेरि भोली

काठमाडौं,१० साउनः संसदीय सुनुवाई समितिले प्रधान न्यायाधीशका लागि सिफारिस दीपकराज जोशीका बारेमा शुक्रबार फेरि बैठक डाकेको छ । थप छलफल गर्नुपर्ने, कतिपय विषयवस्तु स्पष्ट हुनुपर्ने भएकाले उनले दिएको जवाफका आधारमा निष्कर्षमा पुग्न कठिन हुने निर्णयका साथ शुक्रबारका लागि बैठक डाकिएको हो ।
बिहीबारको संसदीय सुनुवाईमा सांसदहरुले सार्वजनिक जग्गा व्यक्तिका नाममा दर्ता गर्न आदेश भएको, एनसेल कर प्रकरणमा राजस्व नोक्सानी हुनेगरी अन्तरिम आदेश आएको, अदालतमा विचौलियाको बिगबिगी बढेको भन्दै सांसदहरुले प्रश्न उठाएका थिए ।

जवाफमा कामु प्रधानन्यायाधीश जोशीले आफू निष्पक्ष र तटस्थ न्याय सम्पादनका लागि प्रतिबद्ध रहेको भन्दै अदालतमा विचाराधिन विषयमा भने प्रतिक्रिया नदिने बताउनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here