प्रधानसेनापति क्षेत्री नेपाली शान्ति मिसनको निरीक्षण गर्दै

काठमाडौं, १९ चैत । प्रधानसेनापति राजेन्द्र क्षेत्री आज कंगो र सुडानमा रहेको नेपाली शान्ति मिसनको निरीक्षण भ्रमणमा जान लाग्नुभएको छ । संयुक्त राष्ट्रसंघको आव्हानमा नेपाली शान्ति सैनिक तैनाथ रहेको प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा निरिक्षणका लागि सेनापति क्षत्री आज त्यसतर्फ प्रस्थान गर्ने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । कङ्गोमा उहाँले भोलि देखि २२ गतेसम्म निरिक्षण भ्रमण गर्नुहुनेछ ।
यस्तो कंगोको निरिक्षणपछि क्षत्रीले चैत २३ देखि २६ गतेसम्म दक्षिण सुडानस्थित नेपाली शान्ति मिसनको निरीक्षण भ्रमण गर्ने कार्यक्रम रहेको छ । निरीक्षण भ्रमणको क्रममा प्रधानसेनापति क्षत्रीले मिशनहरुकोे स्थलगत बस्तुस्थिति, अपरेशन, बन्दोबस्ती लगायत अन्य विविध पक्षबारे जानकारी लिनुको साथै सकल दर्जालाई सम्बोधन गर्ने कार्यक्रम रहेको जनाइएको छ ।
चार सदस्यीय भ्रमण टोलीमा सैनिक आर्थिक प्रशासन विभाग प्रमुख लेखा उपरथी भुवन बहादुर अधिकारीसहित अन्य अधिकृतहरु रहने छन् । भ्रमण सम्पन्न गरी प्रधानसेनापति क्षत्री चैत्र २७ गते स्वदेश फिर्ता हुनु हुने कार्यक्रम रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here