काठमाडौं, १४ बैशाख– प्रधानमन्त्री पुष्पकमल दाहालले आज संघीय गठबन्धनका नेताहरुसंग छलफल गर्ने हुनुभएको छ ।
प्रमुख प्रतिपक्ष र सरकारबीच स्थानीय तहको संख्या बढाउने निर्णय फिर्ता लिएको विरोधमा आन्दोलनमा जाने चेतवानी दिएपछि गठबन्धनसंग आन्तरिक छलफल गर्न लाग्नुभएको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहान १० बजे छलफलका लागि बोलाउनुभएको प्रधानमन्त्रीको सचिवालले जनाएको छ ।

