प्रधानमन्त्री देउवा आज डोटी र अछामको चुनावी सभालाई सम्बोधन गर्दै

काठमाडौं,१५ मंसिर–दोस्रो चरणको चुनावी डौडाहका रहनुभएका प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा आज सुदूरपश्चिम जादै हुनुहुन्छ ।

नेपाली कांग्रेसले डोटी र अछाममा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्न देउवा सुदूरपश्चिम जान लाग्नुभएको हो ।
प्रधानमन्त्री देउवाले अछामको मंगलसेन र साफेबगरमा आयोजना हुने दुईवटा चुनावी सभलाई सम्बोधन गर्नुहुनेछ ।
साथै उहाँले आजै डोटीमा आयोजना हुने दुईवटा चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रमरहेको नेपाली कांग्रेसको चुनाव परिचादन समितिको संयोजक बाँलकृष्ण खाणले जानकारी दिनुभयो ।
यस्तै कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल आफ्नै चुनावी क्षेत्र तनहुमा व्यस्त रहनुहुने भएको छ । कांग्रेसले दोस्रो चरणमा निर्वाचन हुने विभिन्न जिल्लामा चुनावी अभियानलाई तीव्रता दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here