काठमाडौं, १४ असार– प्रधानमन्त्री शेरबहादुर देउवाले डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१, असीग्राम मावि रुवाखोला मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।
प्रधानमन्त्री देउवाले ८ बजेर २० मिनेटमा मतदान गर्नुभएको थियो, आइतबार डडेलधुरा सदरमुकाममा भएको चुनावी सभालाई सम्बोधन गरेपछि सदरमुकाममै रहनुभएका प्रधानमन्त्री देउवा र पत्नी आरजु देउवा आज विहानै मतदान केन्द्र जानुभएको थियो ।

