प्रधानमन्त्री देउवाले आज जनपुरमा सम्बोधन गर्दै

काठमाडौं, २८ भदौं–  प्रदेश नम्बर–२ मा हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचनलाई आफ्नो पक्षमा पार्न मधेश पस्नुभएका प्रधानमन्त्री शेरबहादुर देउवा आजपनि विभिन्न चुनावी सभामा व्यस्त रहनुहुने भएको छ ।

काँग्रेस सभापतिसमेत रहनुभएका प्रधानमन्त्री देउवा स्थानीय तहको तेस्रो चरणको निर्वाचन हुन लागेको प्रदेश नम्बर २ का आठवटै जिल्लाका चुनावी सभामा भाग लिन मधेश जानुभएको हो ।
कांग्रेसले भदौं ३० गतेसम्म आयोजना गर्ने महत्वपूर्ण चुनावीसभालाई प्रधानमन्त्री देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री शशांक कोइरालालगायत शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
सभापति देउवाले आज बिहान रामजानकी मन्दिरको दर्शनपछि केहिबेरमा कार्यकर्तासँग भेटघाट गर्ने कार्यक्रम तय भएको छ । सभापति देउवाले आजै दिउँसो जनकपुरधाममा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्नुहुनेछ ।

जनकपुरको सम्बोधनपछि देउवाले महोत्तरीको बर्दिबासमा पुगेर चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।  उहाँले भोली २९ गते सर्लाही र रौतहट तथा ३० गते पर्सा, बारा र वीरगन्जमा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्नुहुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here