प्रधानमन्त्री देउवाको भारत भ्रमणमा आज, मोदीसंगको भेटदेखि विभिन्न सम्झौतापत्रमा हस्ताक्षर( तालिका सहित)

काठमाडौं, ८ भदौं– पाँच दिवसीय राजकीय भ्रमणमा भारत जानुभएका प्रधानमन्त्री शेरबहादुर देउवाले आज आफ्ना समकक्षी प्रधानमन्त्री नरेन्द्र मोदी संग भेटवार्ता गर्नुहुभएको छ ।

भारतिय प्रधानमन्त्रीको निमन्त्रणामा हिजो अपरान्ह भारत पुग्नुभएका देउवाले आज केहि महत्वपूर्ण विषयमा तयार पारिएका समझदारीपत्रमा हस्ताक्षर हुने कार्यक्रम रहेको छ । दुवै देशका प्रधानमन्त्रीको आन्तरिक भेटपछि एक समारोहमा सम्झौतामाथि हस्ताक्षर हुने भएको हो ।
नेपाल र भारतका बीचमा हुने लागू पदार्थको गैरकानुनी ओसारपसार कम गर्ने सम्बन्धमा सहकार्य गर्ने, सीमामा निर्माण हुने मेची पुलको लगानी बाँडफाँड, निर्माण कार्यतालिका, भारतले आफ्नो एक्जिम बैंकबाट नेपाललाई सहुलियतपूर्ण ऋण दिने तथा भूकम्पपछिको पुनर्निर्माणपछि भारतले दिन लागेको सहयोगसम्बन्धी ३ विषयमा दुई देशबीच आज समझदारीपत्रमा हस्ताक्षर हुने छ ।
यसमा शिक्षा, स्वास्थ्य, घर निर्माण, सांस्कृतिक तथा अन्य धरोहर निर्माणसम्बन्धी विषय समेटिने भएको छ । यसअघि हिजो दई देशका प्रधानमन्त्री विच कार्यतालीका अगावै आकश्मिक भेटघाट भएको थियो । उहाँले आज प्रधानमन्त्री मोदीलाई भेट्नुभन्दा अघि महात्मा गान्धीको समाधिस्थलमा पुगेर पुष्पहार अर्पण गरी अहिंसाका पुजारी गान्धीप्रति श्रद्धाञ्जलि अर्पण गर्ने कार्यक्रम छ ।
आजै प्रधानमन्त्री देउवासँग भारतका बाह्य मामिला मन्त्री सुस्मा स्वराजले शिष्टाचार भेट गर्नुहुनेछ भने त्यस लगत्तै हैदरवाद हाउसमा दुवै देशका प्रधानमन्त्रीबीच सहयोगी रहित एक्लाएक्लै भेटवार्ता हुनेछ ।

दुई देशका सरकारप्रमुखबीचको भेटवार्तापछि हैदरावाद हाउसमा नै प्रतिनिधिमण्डलस्तरीय वार्ता हुनेछ । वार्तापछि प्रधानमन्त्रीद्वयको उपस्थितिमा सम्बन्धित अधिकारीले द्विपक्षीय समझदारी र सम्झौतामा हस्ताक्षर गर्नुहुनेछ भने नेपाल–भारत प्रसारण लाइनको दूरनियन्त्रित यन्त्रबाट प्रधानमन्त्रीले शुभारम्भ गर्ने कार्यक्रम छ ।
दुवै देशका प्रधानमन्त्रीले सञ्चारकर्मीलाई सम्बोधन गरेपछि प्रधानमन्त्री मोदीले आफ्नो सम्मानमा हैदरावाद हाउसमा आयोजना गर्नुहुने दिवाभोजमा प्रधानमन्त्री देउवा सरिह हुनुहुनेछ ।

सोही दिन अपराह्न राष्ट्रपति भवनमा भारतका राष्ट्रपति रामनाथ कोबिन्द र उपराष्ट्रपति बेंकैया नैडूसँग प्रधानमन्त्री देउवाले बेग्लाबेग्लै शिष्टाचार भेट गर्नुहुनेछ । त्यसैगरी, उहाँसँग गृहमन्त्री राजनाथ सिंह, अर्थमन्त्री अरुण जेट्ली, भारतीय राष्ट्रिय कंग्रेसका अध्यक्ष तथा सांसद सोनिया गान्धी र पूर्वप्रधानमन्त्री मनमोहन सिंहले छुट्टाछुट्टै शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।
आजै साँझ इण्डिया फाउण्डेशनले नेपाल–भारत सम्बन्धबारे आयोजना गर्ने अन्तक्र्रियामा सहभागी भएर प्रधानमन्त्री देउवा आफ्नो सम्मानमा भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले आयोजना गर्ने रात्रिभोजमा सरिक हुनुहुनेछ ।
भोली अपराह्न प्रधानमन्त्री विशेष विमानबाट हैदरावादतर्फ प्रस्थान गर्नुहुनेछ । त्यहाँ उहाँले तेलांगना र आन्ध्रप्रदेशका राज्यपाल इएसएल नरसिंहनसँग भेटवार्ता गर्नुहुनेछ । त्यसपछि उहाँ आफ्नो सम्मानमा राज्यपाल नरसिंहनले आयोजना गर्नुहुने रात्रिभोजमा सरिक हुने कार्यक्रम छ ।
प्रधानमन्त्री देउवा शनिबार बिहान विशेष विमानबाट तिरुपतितर्फ प्रस्थान गर्नुहुनेछ भने अपराह्न तिरुपति बालाजीको दर्शन गरेर वोधगयातर्फ प्रस्थान गर्ने कार्यक्रम छ । आइतबार बिहान महावोधी मन्दिरमा पूजाअर्चना सकेर उहाँ विशेष विमानबाटै नयाँदिल्ली पुग्नुहुनेछ ।
सोही दिन अपराह्न नेपाल एयरलाइन्सको नियमित उडानबाट प्रधानमन्त्री साँझ स्वदेश फर्कने कार्यक्रम छ । भ्रमण सकाएर प्रधानमन्त्री देउवा भदौं ११ गते फर्किने कार्यक्रम रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here