राष्ट्रपति र प्रधानमन्त्रीबीच यस्तो भयो छलफल

काठमाडौं, १३ बैशाख– राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहालबीच आज छलफल भएको छ ।
राष्ट्रपति भवन सितल निवासमा बिहान भएको छलफलमा पछिल्लो राजनीतिक घटनाक्रम, संसद बैठक, संशोधन प्रस्ताव, राजनीतिकदल बीचको जारी छलफल लगाएतका बारेमा कुराकानी भएको शितल निवास स्रोतले जनाएको छ ।
भेटमा राष्ट्रपति भण्डारीले आफ्नो भारत भ्रमणका बारेमा भएगरेका छलफलहरुका बारेपनि जानकारी गराउनुभएका प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here