प्रधानमन्त्री दाहाल र चिनियाँ कम्युनिस्ट नेता ताओबीच भेटवार्ता

काठमाडौं, १३ चैत– चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले आज चिनियाँ कम्युनिस्ट पार्टीका केन्द्रिय एवम् अन्तर्राष्ट्रिय विभागका सदस्य सङ ताओसंग द्विपक्षिय भेटवार्ता गर्नुभएको छ । भेटमा नेपाल चीन सम्बन्धका बारेमा छलफल भएको थियो ।

भेटका क्रममा प्रधानमन्त्री दाहालले नेपालमा संविधान कार्यान्वयन गरी स्थायित्वको लागि अभ्यास भइरहेको र सोही क्रममा स्थानिय निकायको निर्वाचनको तयारी भइरहेको बताउनुभएको चीनमै रहनुभएका परराष्ट्रमन्त्री प्रकाशशरण महतलाई उद्धृत गर्दै उहाँका प्रेस संयोजक एकराज पाठकले जानकारी दिनुभयो ।

भेटमा ताओले नेपालले एक चीन नीतिमा देखाएको प्रतिबद्धता को सर्‍हाना गर्दै अगामी दिनमा वान रोड वान बेल्टको सञ्जालको माध्यमबाट थप सम्बन्ध सुढृढ गर्ने बताउनुभएको थियो ।

सङले प्रधानमन्त्री दाहाल सम्मानमा  दिवा भोज को समेत  आयोजना गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here