प्रधानमन्त्री चढेको विमान होल्डबारे प्रतिवेदन आयो, कर्मचारीको स्वास्थ्य परिक्षण हुने !

काठमाडौं,७ चैत ।  प्रधानमन्त्री केपी ओली शर्मा सवार यति एयरलाइन्सको विमान होल्ड गरिएको विषयमा छानबिन समितिले रिर्पोट आज बुझाएको छ । गत फागुन २१ गते विमान होल्ड गरिएको विषयमा छानबिन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका स–सचिव सुरेश आर्चायको संयोजकत्वमा ५ सदस्यीय समिति बनेको थियो । छानबिन समितिले बुझाएको प्रतिवेदनमा नेपाल नागरिक उड्डयन प्राधिकरण विमानस्थल कार्यालयका कर्मचारी र एयरलाइन्सका कर्मचारीको लापरबाहीका कारण विमान होल्डमा परेको निष्कर्ष निकालको छ ।
साथै समितिले लापरबाही गर्ने कर्मचारीलाई विभागीय कारबाहीको लागि प्राधिकरणलाई सिफारिस गर्नुपर्ने सुझाएको छ । छानबिन समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री धनबहादुर बुढालाई सोमबार बुझाएको रिपोर्टमा विमान होल्ड हुनुमा संवेदनशील सूचना जिम्मेवार निकायले यथासमयमा प्रवाह नगर्नु, जिम्मेवार अधिकारीहरुले कार्यविवरण अनुसारको कार्य नगरेको उल्लेख छ । साथै समितिले यती एयरलाइन्सलगायत सबै वायुसेवा कम्पनीले आ–आफ्नो ’फ्लाइट प्रोग्राम’ र ’फ्लाइट प्लान’मा भिभिआइपीले उडान गर्ने भए अनिवार्यरुपमा जानकारी दिन समेत सुझाएको छ ।
यसैगरी, समितिले चन्द्रगढी विानस्थलका टावर कन्ट्रोलर र चन्द्रगढी विमानस्थलका नेपाल नागरिक उड्डयन कार्यालयका प्रमुखलाई विभागीय कारबाही गर्न प्राधिकरणलाई लेखी पठाउने रिर्पोटमा उल्लेख गरेको छ । यती एयरलाइन्सका ग्राउन्ड ह्यान्डलिङ म्यानेजर र फ्लाइट डिपार्चरलाई ड्युटिमा लापरबाही गरेका कारण विभागीय कारबाही गर्न यती एयरलाइन्सलाई निर्देशन दिनुपर्ने समेत रिर्पोटमा भनिएको छ । समितीले विभागिय कारबाहीमा परेका कर्माचारीको स्वास्थ्य परीक्षण गराई श्रवण क्षमता एकिन गरेर मात्र काममा फर्काउन प्राधिकरणलाई पत्र लेखी पठाउने समेत समितिले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here