काठमाडौं, २१ चैत– प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्दै हुनुहुन्छ । शीतल निवासमा अहिले केहीबरेमा हुने भेटमा प्रधानमन्त्री दाहालले आफ्नो चीन भ्रमणका विषयमा राष्ट्रपति भण्डारीलाई विफ्रिङ गर्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिनुभयो ।
चीन भ्रमणमा प्रधानमन्त्री दाहालले चिनियाँ राष्ट्रपति सी जिन पिङसँग भएको छलफलबारे पनि राष्ट्रपति भण्डारीलाई जानकारी गराउनुहुनेछ ।
भेटमा वैशाख पहिलो साता हुने राष्ट्रपति भण्डारीको भारत भ्रमणका विषयमा पनि छलफल हुने आचार्यले बताउनु भयो ।
राष्ट्रपति भण्डारीसँगको भेटमा प्रधानमन्त्री दाहालसहित परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत र परराष्ट्र सचिव शंकरदास वैरागीपनि सहभागी हुनुहुने छ ।

