काठमाडौं,२३ चैत–प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका कारण आधा घण्टा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान तथा अवतरणमा रोक लगाइएको छ ।
९ बजे प्रधानमन्त्री ओली भारत भ्रमणका लागि प्रस्थान गर्नेभएपछि सुरक्षा तथा भीभीआईपीका कारण आधाघन्टा अन्य उडान तथा अवतरण रोकिएको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विहान ८ः ३५ देखि ९ः०५ सम्म उडान तथा अवतरण रोकिएको विमानस्थलमा प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिए । अन्तर्रा्ष्ट्रियसँगै डोमेस्टिक उडान पनि अबरुद्ध भएका थिए ।

