काठमाडौं,२८ बैशाख । भियतनाम भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र समकक्षी न्युग्यन जुयान फुकबीच आज औपचारिक भेटवार्ता हुँदैछ । ४ दिने भ्रमणका लागि भियतनाममा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र भियतनामका समकक्षी फुकबीच सहमति पत्रमा हस्ताक्षर हुनेछ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियालका नेता किम जोन उनबीचको शिखर वार्तापछि चर्चामा रहेको हानोईमा पहिलो पटक नेपाल र भियतनामबीच सहमति पत्रमा हस्ताक्षर हुने कार्यक्रम छ । प्रधानमन्त्री ओलीको भ्रमण सम्बन्ध बिस्तारमा केन्द्रित हुने भएपनि समझदारी प्रवेशाज्ञा, व्यापार तथा लगानी प्रवद्र्धन र द्विपक्षीय नियमित परामर्शका लागि संयन्त्र निर्माणमा सहमति हुनेछ ।
संयुक्त पत्रकार सम्मेलन गरी दुवै मुलुकका कार्यकारी प्रमुखले सहमति पत्रबारे जानकारी गराउने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । सो अघि दुवै प्रधानमन्त्रीबीच सम्बन्ध विस्तार, आपसी हित, सहयोग आदान प्रदान लगायतबारे छलफल हुनेछ ।
सहमति पत्रमा हस्ताक्षर पछि कम्बोडियाको औपचारिक भ्रमणका कार्यक्रमहरु सकिनेछन् । भियतनामका उद्योगी व्यवसायीलाई हिजो सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले लगानीका लागि नेपाल खुला रहेको बताउनुभएको थियो । प्रधानमन्त्री ओली भोलि बैशाख डेमा सहभागी हुनुहुनेछ । पर्सि सोमबार कम्बोडियाको भ्रमणमा जाने ओली त्यतैबाट बुधबार काठमाडौं फर्कनुहुनेछ ।

