प्रधानमन्त्री ओली भियतनाम र कम्बोडियाको भ्रमणमा, ४५ सदस्यीय भ्रमणम कोको परे ?

काठमाडौं,२६ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओली आज दक्षिणपूर्वी एसियाली दुई मुलुक भियतनाम र कम्बोडियाको भ्रमणमा जादै हुनुहुन्छ । नेपाल वायुसेवाको चार्टड सेवाबाट ओली ११ः२५ बजे ५ दिने विदेश भ्रमणका जान लाग्नुभएको हो ।

भियतनामका प्रधानमन्त्री गुयन सुआन फुक र कम्बोडियाका प्रधानमन्त्री हुन सेनको निमन्त्रणामा भ्रमणमा निस्कन लागेका ओलीको यो पाँचौ विदेश भ्रमण हो । प्रधानमन्त्री ओली सुरुवातको ३ दिन भियतनाम र त्यसपछिका २ दिन कम्बोडियामा रहने कार्यक्रम रहेको छ । भियतनामबाट भ्रमणको सुरुवात गर्ने ओलीले भियतनामी समकक्षी गुयन सुआन फुकसँग द्धिपक्षीय वार्ता हुने छ ।

परराष्ट्रमन्त्रालयका अनुसार त्यहाँको संसद् ‘नेसनल एसेम्ली’का अध्यक्षसँग पनि भेटवार्ता हुने कार्यक्रममा रहेको छ । ओलीको सम्मानमा भियतनामी प्रधानमन्त्रीले रात्रि भोजको आयोजना गर्नेछन् । भ्रमणकै क्रममा ओलीले बुद्धको सम्मान र सम्झनामा आयोजना गरिने अन्तर्राष्ट्रिय बेशाक दिवसको सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

प्रधानमन्त्री ओलीले होची मिन्ह राष्ट्रिय राजनीतिक प्रतिष्ठान र नेपाल—भियतनाम व्यापार मञ्चलाई समेत सम्बोधन गर्नुहुने   छ । भ्रमणकै बेला नेपाल–भियतनामबीच सिधा हवाइ उडान गर्ने सम्झौतामा हस्ताक्षर हुनेछ । भियतनामको भ्रमण सकेर ओली कम्बोडिएको भ्रमणमा जानुहुने छ ।

कम्बोडिया भ्रमणका क्रममा ओलीले समकक्षी हुन सनेसँग द्धिपक्षीय वार्ता गर्ने कार्यक्रम तय भएकोछ । त्यस्तै ओलीले कम्बोडियाको दुवै संसद्का अध्यक्षसँग भेटवार्ता गर्नुहुने छ । ओलीले त्यहाँको एउटा व्यापारिक सम्मेलनलाई समेत सम्बोधन गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री ओलीको भ्रमणलाई महत्वका साथ हेरिएको छ । ओली जेठ १ गते नेपाल फर्कने कार्यक्रम छ।

कोको जादै भ्रमणमा
प्रधानमन्त्रीको भ्रमण ४२ सदस्यीय हुने भएको छ । प्रधानमन्त्री, मन्त्री, सांसद, सचिव, उपमेयर, उद्योगीसहितको ४२ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भियतनाम र कम्बोडियाको भ्रमणमा जानुहुने छ । भ्रमण टोलीमा प्रधानमन्त्री पत्नी राधिका शाक्य, परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्रसचिव शंकरदास बैरागी, चिफ आफ प्रोटोकल गेहेन्द्र राजभण्डारी, पर्यटन सचिव मोहनकृष्ण सापकोटा र वाणिज्य तथा आपूर्ती सचिव केदारबहादुर अधिकारी छन् ।

त्यस्तै प्रधानमन्त्रीको प्रमुख सल्लाहकार विष्णु रिमाल र परराष्ट्र मामला सल्लाहकार राजन भट्टराई, सांसदहरु नारायण खड्का, पवित्रा निरौला खरेल, उमाशंकर अरगरिया, बोधमाया कुमारी यादव तथा राष्ट्रिय योजना आयोगका सदस्य दिलबहादुर गुरुङ छन् ।

भ्रमण दलमा परराष्ट्र मन्त्रालयका सह–सचिव तापस अधिकारी, इन्दिरा अर्याल, सुरेन्द्रकुमार यादव, रामबोल आचार्य, नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राना, व्यवसायी दीपक मल्होत्रा, सुरज वैद्य र चन्द्रप्रसाद ढकाल समेत छन्।
त्यस्तै ओलीकी निजी चिकित्सक डा.दिव्यासिंह शाह, निजी सहयोगी राजेश बज्राचार्य तथा कपिलवस्तु नगरपालिकाकी उपमेयर शिवकुमारी चौधरी र बनेपा नगरपालिकाकी उपमेयर रेखा सापकोटा दाहाल, ओलीका निजी सुरक्षा सहयोगी राजेन्द्र शाही र अनिल बस्नेत छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here