प्रधानमन्त्री ओली आज फ्रान्स जादै

काठमाडौं,२९ जेठ । युरोप भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली आज फ्रान्स जाँदै छन् । प्रधानमन्त्री नेतृत्वको नेपाली टोली अपराह्न फ्रान्स पुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री ओलीले उच्चस्तरीय राजनीतिक भेटवार्ता भने भोलिबाट मात्रै गर्ने कार्यक्रम रहेको छ ।

उहाँले फ्रान्सका समकक्षी एडुवार्ड फिलिपसँग सम्बन्ध विस्तार तथा आपसी हितका विषयमा छलफल गर्नुहुने छ । फ्रान्समा रहँदा प्रधानमन्त्री ओलीले नेपालमा लगानीका लागि फ्रान्स सरकार तथा स्थानीय उद्योगी व्यापारीलाई आह्वान गर्नुहुने छ । प्रधानमन्त्री ओलीले फ्रान्सको राष्ट्रिय विधान सभामा पनि सम्बोधन गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । उहाँले आगामी शनिबार युरोपमा रहेका नेपाली राजदूतहरुसँग छलफल गर्ने र आइतबार काठमाडौं फर्किने कार्य तालिका रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here