काठमाडौं,२१ चैत– आसन्न भारत भ्रमण लगायत विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले आज पूर्व प्रधानमन्त्रीसंग छलफल गर्नुहुने भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा हुने छलफलमा प्रधानमन्त्री ओलीले भारत भ्रमणमा गर्न सकिने संभावित कार्य, सम्झौता, अपनाइन सकिने विधी लगायतका विषयमा जानकारी दिने बुझिएको छ । प्रधानमन्त्रीमा निर्वाचित भएपछि ओली पहिलो पटक चैत २३ गते भारत भ्रमणमा जादै हुनुहुन्छ ।
विगतमा नेपाल र भारतका बिचमा भएका विभिन्न सन्धि सम्झौताको जानकारी लिन तथा भ्रमणका समयमा नेपालका तर्फबाट उठाउने एजेन्डा तय गर्न छलफलको आह्वान गरिएको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभएको छ ।

