प्रधानमन्त्री ओलीले भनेः इन्टरनेटबाट बालबालीकालाई टाढै राखौं

काठमाडौं,२० बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले वस्तु विलासी नभइ अहिलेको आवश्यकता रहेको बताउनुभएको   छ । राष्ट्रिय आइसिटी दिवसका अवसरमा राजधानीमा आयोजित कार्यक्रममा बोल्दै उहाँले मोबाइल ल्यापटपलाई विलासी वस्तुको रूपमा सरकारले नलिने उल्लेख गर्नुभयो ।
बालबालिकालाई पढाउन ल्यापटप र नयाँ कुरा सिक्न इन्टरनेट चाहिने भन्दै प्रधानमन्त्रीले यस्ता वस्तु अब अनिवार्य रहेता पनि अनावश्यक रूपमा बालबालिकालाई प्रयोग गर्न दिन नहुने भन्दै त्यसतर्फ ध्यान दिन सबैलाई सचेत गराउनुभयो ।

उहाँले सूचना प्रविधि क्षेत्रमा सरकारले करको भार थोपर्ने नीति नलिएको पनि स्पष्ट पार्नुभयो ।
चालू वर्षको बजेटबाट सरकारले इन्टरनेटमा थप कर लगाएपछि सरकारको आलोचना भएको स्मरण गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here