काठमाडौं,१८ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले इतिहासमा कसैले कल्पना नगरेको काम अहिलेको सरकारले गरेको बताउनुभयो ।
मजदुर दिवसको अवसरमा संयुक्त ट्रेड युनियन संघले काठमाडौंको भृकुटीमण्डपमा आयोजित कार्यक्रममा ओलीले “विगतका सरकारले कल्पना नगरेको काम भएको उल्लेख गर्नुभयो । यो एक वर्षमा मानिस विदेश गएका हुन् र मैले गरिब बनाएको हो र ” नयाँ प्रणाली भएकाले केही समस्या भएको उहाँको भनाई थियो ।
सरकारले राम्रो काम गर्न थालेपछि राजपाले समर्थन फिर्ता लिएको आरोप लगाउनुभयो । सरकारलाई समर्थन फिर्ता गर्ने होइन, समर्थन गर्न उहाँले आग्रह गर्नुभयो ।

