प्रधानमन्त्री ओलीले भनेः‘ऐनाले वर्तमान देखाउछ, टर्च लाइटले भविष्य’

काठमाडौं,१३ फागुन । आफ्ना हरेक भाषणमा उखान र टुक्काले सबैलाई हसाउने प्रधानमन्त्रीले राजधानीमा आयोजित एक कार्यक्रममा नाटकको प्रशंसा गर्दैमा समय खर्चिनुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नाटककारहरुका माझमा सरकारले नाट्य क्षेत्रको प्रवद्र्धनका लागि सकारात्मक भएको जनाउनभयो । अन्तर्राष्ट्रिय नाटक महोत्सवको उद्घाटन कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपालमा नाटकको सम्भावना धेरै देखिएको भन्दै यसका लागि सरकारले पूर्ण रुपमा सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।
उहाँले नेपालमा नाटकको भविष्य राम्रो देखेको छु । चाहे नाटक लेखनी क्षेत्रमा होस वा अभिनय गर्नेको क्षेत्रमा अथवा दर्शकको क्षेत्रमा किन नहोस यो विधा धेरैको रुचीको बिषय भएको भन्नुभयो । प्रधानमन्त्री ओलीले ‘नाट्य क्षेत्रको विकासका लागि सरकारले बजेटको पनि विनियोजन गरेको भन्न छुटाउनुभएन ।
प्रधानमन्त्री ओलीले नाट्य विधा समाज परिवर्तनको एउटा महत्वपूर्ण क्षेत्र भएको उल्लेख गर्दै नाट्यले समाजको वर्तमान र भविष्य पनि देखाउने बताउनुभयो । उहाँले भन्नुभयोः नाट्य विधा समाजको ऐना पनि हो टर्च लाइट पनि हो, ‘ऐनाले वर्तमान देखाउछ । टर्च लाइटले भविष्य ।’
अनामनगर स्थित मण्डला नाटक थिएटरमा भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले सँस्कृतिविद्ध सत्यमोहन जोशी सहित १२ जना स्रष्टालाई सम्मान गरेका गर्नुभएको थियो । प्रधानमन्त्री ओलीले कार्यक्रममा जोशीले लेखेको सुनकेसरी पुस्तकको पनि बिमोचन गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here