प्रधानमन्त्री ओलीले नयाँ बर्षको अबसरमा सम्बोधन गर्दै भनेः वर्तमान सरकार चर्चाको शिखरमा

file photo

काठमाडौं,१ बैशाख ।  प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ वर्तमान सरकारकालागि प्रगतिको बर्षभएको बताउनुभएको छ । उहाँले सरकार प्रगति सुनाउने अवस्थामा पुगेको दावी गर्नुभयो । नयाँ वर्ष २०७६ को अवसरमा आज बिहान बालुवाटारबाट देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले हिंसा र अतिवादबाट देशलाई मुक्त गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँले विकास र समृद्धिको बाटोमा आफूहरुसँग समय छोटो रहेको हुँदा विकास र समृद्धि हासिल गर्न छिटो दौडनुको अर्को विकल्प नभएको बताउनुभयो ।
२०७५ मा धेरै ऐन, कानुनहरु बनेको र ती ऐन कानुनहरु विकास र समृद्धिकै मार्ग भएकाले त्यसै मार्गबाट तिब्र गतिमा विकास र समृद्धि हासिल गर्ने उहाँको भनाई थियो । प्रधानमन्त्री ओलीले प्रधानमन्त्री रोजगार कार्यक्रम, नेपालको पानी, जनताको लगानी, खोलौं बैंक खाता अभियानको सुरुआतलाई उहाँले उपलब्धिको रुपमा व्याख्या गर्नुभयो । नेपाली इमान भएको जाति हो भन्दै उहाँले भ्रष्ट र अनैतिक मान्छे नेपाली हुनै नसक्ने भएकाले अहिले देखिएको भ्रष्टाचार नियन्त्रणमा सरकार लागेको पनि प्रष्ट पार्नुभयो ।
विभिन्न जालझेल गरेर माफियाहरुले कब्जा गरेका सरकारी जग्गाहरु फिर्ता गराउने अभियान सुरु भइसकेकाले अब सरकारी सम्पत्ति कुनै पनि हालतमा दूरुपयोग हुन नदिने प्रतिबद्धता पनि जनाउनुभयो । उहाँले अति कम विकसित मुलुकबाट विकसित मुलुकको रुपमा अघि बढाउन सरकार लागिरहेकाले त्यसमा सबैको साथ र सहकार्यको आवश्यकता रहेको उल्लेख गर्नुभयो । वर्तमान सरकारले नयाँ वर्षदेखि अझै तिव्रताका साथ अघि बढ्ने प्रतिवद्धता व्यवक्त गर्नुभयो ।
प्रधानमन्त्री ओलीले प्रश्न सोध्ने तरिका फेर्न आग्रह गर्दै प्रश्न सोध्नेलाई व्यवहारबाट जवाफ दिन सरकार तयार रहेको बताउनुभयो । भ्रष्टाचार नियन्त्रण गर्न सरकारले कदम चालिरहेको बताउनुभयो । उहाँले भ्रष्टाचारी नेपाली हुन नसक्ने जिकिर गर्नुभयो । अहिले सरकार प्रणालीगत स्थायित्व निर्माण गर्ने तहमा आइपुगेको जनाउँदै संयुक्त राष्ट्रसंघीय बालकोषको हालैको प्रतिवेदनले नेपाल सिक्ने तयारीको अवस्थामा पुगेको बताउनुभयो । उहाँले दातृ निकायहरुले नेपाल दक्षिण एशियाकै उदाउँदो अर्थतन्त्र भएको जनाएको समेत बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here