प्रधानमन्त्री ओलीलाई कालो झण्डा देखाउन खोज्ने स्थानीय पक्राउ

काठमाडौँ, ३ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाउन खोज्ने ३० जना स्थानीयलाई प्रहरीले नियन्त्रणमा लिएको छ । चोभारमा सुख्खा बन्दरगाहको शिलान्यास हुने भएपछि त्यसको विरोध गर्दै प्रधानमन्त्रीलाई कालो झण्डा देखाउँने प्रयास गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

चोभारमा सुख्खा बन्दरगाह निर्माणको विरोध गर्दै स्थानीय बासिन्दा आन्दोलनमा उत्रेका छन् । चोभारमा निर्माण हुन लागेको बन्दरगाहको स्थानीयले विरोध गर्दै आएका छन् । उनीहरुले आफ्ना माग पूरा नगरेसम्म चोभारमा बन्दरगाह निर्माण सुरु गर्न नहुने माग राखेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होवीन्द्र बोगटीका अनुसार नियन्त्रणमा लिएकाहरुलाई परिसरको हिरासतमा राखिएको छ । बन्दरगाहको प्रधानमन्त्री ओलीले बिहीबार उद्घाटन गर्दैछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here