काठमाडौं, २ चैत– प्रधानमन्त्री पुष्पकमल दाहाल आज दिनभरि व्यस्त रहनुहुने भएको छ । प्रधानमन्त्री दाहालले आज विभिन्न भेटवार्तामा सहभागि हुनुहुने छ ।
प्रधानमन्त्रीले बिहान साढे १० बजे प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा स्वीस राजदूतसंग भेटवार्ता गर्दै हुनुहुन्छ भने ११ पछि औषधी प्रवन्ध संघका प्रतिनिधीसंग छलफल गर्ने कार्यक्रम रहेको छ ।
त्यस्तैः दिउँसो ३ बजे श्रीलङका सेना प्रमुखसंग भेट्ने कार्यक्रम रहेको छ,भने दिउँसो साढे ३ बजे प्रधानमन्त्री निवास वालुवाटारमा मध्यपश्चिमाञ्चल विश्वविद्यालयको साधारण सभामा भाग लिने कार्यक्रम रहेको उहाँको निजी सचिवालयले जनाएको छ ।

