प्रधानमन्त्रीले मन्त्री र सचिवहरुको छलफलमा के भने ?

काठमाडौं,२७ असारःप्रधानमन्त्री केपी शर्मा ओलीले सबै मन्त्री र सचिवसँग मन्त्रालयगत कार्ययोजना र विकास निर्माणबारे ब्रिफिङ लिईरहनु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा जारी बैठकमा मन्त्री र सचिवले मन्त्रालयगत एजेन्डाका विषयमा ब्रिफिङ गरिरहेका छन् ।

जारी छलफलमा मन्त्रीले त्रैमासिक रुपमा गर्ने कार्ययोजनाबारे प्रधानमन्त्रीलाई जानकारी गराइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । जनअपेक्षा अनुसार काम हुन नसकेको भन्दै सरकारको चौतर्फी आलोचना भएपछि प्रधानमन्त्री ओलीले सबै मन्त्री र मन्त्रालयका सचिवसंग छलफल गर्नुभएको हो ।

समृद्धिको मुख्य नारा बोकेको सरकारको काम, कारबाही तथा मन्त्रालयगत योजना कार्यान्वयनमा ढिलाई भएपछि प्रधानमन्त्रीले विकास निर्माण लगायत मन्त्रालयगत एजेन्डामा मन्त्री र सचिवको धारणा माग्नुभएको हो ।

त्यस्तै, राष्ट्रिय गौरवका आयोजनामा सम्बन्धित मन्त्रालयले गरिरहेको काम कारबाहीको प्रगतीबारे पनि बैठकमा छलफल हुने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here